नेप्से १ सय ८ अंकले घट्यो,  २ सय ९ वटा कम्पनीको शेयर राताम्मे

 भदौ २०, २०७८ आइतबार १५:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार आज एक सय अंक भन्दा धेरैले घटेको छ । बजार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदा पनि राताम्मे भएको छ । 

नेप्से आज एक सय ८ दशमलव २६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलव ७२ विन्दुमा झरेको छ । दुई सय २३ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ९ वटा कम्पनीको शेयर घटेको छ । 

१६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

यसअघि बजार खुलेको २ घण्टा अर्थात १ बजे नेप्से पाँच प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भएको थियो । बजार बन्द हुनुअघि दुई सय १५ वटा कम्पनीको कारोबार भएकोमा २ सय १० वटाको शेयर घटेको थियो । एक बजेर ४० मिनेटमा पुनः कारोबार भएको नेप्से राताम्य हुँदै बन्द भएको हो । 
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया