इराकमा आईएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको ज्यान गयो, ६ घाइते

 भदौ २०, २०७८ आइतबार १८:१०:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इराकमा इस्लामिक स्टेट आईएसले आक्रमण गर्दा १३ जना सुरक्षाकर्मीको ज्यान गएको छ । एउटा प्रहरी चौकीमा भएको आक्रमणमा कम्तीमा १३ जना सुरक्षार्मीको ज्यान गएको इराकको प्रान्तीय प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

घटनामा अरु ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । आईएसले चौकीमा आक्रमण गर्नुको साथै सडकमा बिस्फोट पनि गराएका थिए । सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आईएस समूहले आक्रमण तीव्र पारेको छ ।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आईएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महसुस गरिएको थियो । तर सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आईएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ ।  
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया