पश्चिम अफ्रिकी देश गिनीमा सेनाद्वारा सत्ता कब्जा

 भदौ २१, २०७८ सोमबार ९:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ ।

एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ ।

सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी सङ्घले गिनीमा सत्ता कब्जाको भर्त्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन् ।

पश्चिमी अफ्रिकी देश गिनी प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ तर अस्थिरता र अशान्तिका कारण विश्वकै गरिब देशको सूचीमा छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया