तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

 भदौ २१, २०७८ सोमबार १३:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।

ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा उनी संलग्न भएको आशङ्कामा मारिएको हुन सक्ने जनाइएको छ । तालिबानले घटनाबारे अनुसन्धान गर्ने बताएको छ । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया