इजरायलमा पहिलो पटक टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको सफल शल्यक्रिया

 भदौ २२, २०७८ मंगलबार १०:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ ।

टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत दिशामा फर्कनुपर्ने उनीहरुले शल्यक्रियापछि एक अर्कालाई देखेका छन् ।

बिरशेबाकाे अस्पताल साेराेका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया गरिएको हो । उनीहरुको शल्यक्रियामा इजरायल तथा अरु देशका विशेषज्ञ डाक्टर सहभागी भएका थिए । विश्वमा कमै मात्रै हुँदै आएको शरीर छुट्टाउने शल्यक्रिया इजरायलमा पहिलो पटक गरिएको हो ।

शल्यक्रियामा सहभागी डाक्टरले दुवैका लागि टाउकाको छाला ग्राफ्ट गरिएको बताएका छन् ।  ती दिदीबहिनी गएको वर्ष अगस्टमा जन्मिएका हुन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया