दाङका २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी राेजे

 भदौ २२, २०७८ मंगलबार १९:९:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको पालिकाका २१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् ।

माधवकुमार नेपालले नयाँ दल दर्ता गरेपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई गएकाे भदौ १५ देखि २२ गतेसम्म दल रोज्न समय निर्धारण गरेको थियो । त्यहीअनुसार दाङका पालिकाका २१ जनप्रतिनिधिले प्रदेश निर्वाचन कार्यालय दाङमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

केही समय अझै बाँकी भएकाले ती सङ्ख्या अन्तिम मान्न नसकिने उहाँले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म २१ जनप्रतिनिधि र एक जना प्रदेश सांसदले समाजवादी दलको पक्षमा सनाखत गरेका छन् । 

दाङमा एमालेबाट निर्वाचित जनप्रतिनिधि जम्मा कति छन् भन्ने प्रश्नमा उहाँले आफूहरूसँग सङ्ख्याकाे विवरण नभएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया