पाँचथरमा दुई वडाध्यक्षसहित ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

 भदौ २२, २०७८ मंगलबार २०:२०:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरका विभिन्न पालिकाबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

एकीकृत समाजवादी रोज्नेहरूमा एमालेबाट निर्वाचित एक जना जिल्ला समन्वय समिति सदस्य, दुई जना वडाध्यक्ष र एक जना गाउँ कार्यपालिका सदस्यसहित ११ जना जनप्रतिनिधि छन् । 

पाँचथरको प्रदेश (क) बाट निर्वाचित सांसद गणेश काम्बाङले भने यसअघि नै नेकपा एकीकृत समाजवादी रोजिसक्नुभएको छ ।

तत्कालीन एमालेमा माधव नेपाल समूहमा खुलेका फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्वाङ र याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेसहितका धेरैजसो जनप्रतिनिध एमालेमै खुलेका छन् ।  

अन्तिम अपडेट: चैत २६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया