पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने बोर्डको योजना

 भदौ २३, २०७८ बुधबार १३:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर वैदेशिक लगानी स्वीकृत गर्ने लक्ष्यसहितको रणनीतिक योजना सार्वजनिक गरेको छ । बोर्डको दशौँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच बोर्डको व्यावसायिक योजना सार्वजनिक गर्नुभएको हो ।

रणनीतिक योजनामा पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने, लगानीको वातावरण सुधार गर्न योगदान पुर्‍याउने तथा लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने पाँच वटा लक्ष्य रहेका छन् ।

यस्तै परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानीको गन्तव्य बनाउने सोच रणनीतिमा लिइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०३० सम्म नेपाललाई उच्च मध्यम आय भएको देशको रूपमा स्तरोन्नति गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्ने योजना रहेकाले पूर्वाधारमा उल्लेख्य लगानी गर्नुपर्ने बताउनुभयो ।

दिगो विकासका लक्ष्य हासिल गर्नका लागि वार्षिक औसत पाँच खर्ब ५८ अर्ब रुपैयाँ अपुग हने देखिएको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीकाे बीचमा पनि वैदेशिक लगानी भित्र्याउन नेपाल प्रयासरत रहेको बताउनुभयो ।

नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी आकर्षित गर्दै सार्वजनिक–निजी साझेदारीलाई व्यवस्थित गर्न उच्चस्तरीय अधिकार सम्पन्न निकायको रूपमा स्थापना भएको लगानी बोर्डले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले स्वदेशी र विदेशी लगानी बढाउन बोर्डले अझै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी निर्देश (सीईओ) सुशील भट्टले लगानी बोर्डले नेपालको पूर्वाधार क्षेत्रमा ठूलो सकारात्मक परिवर्तन ल्याउनको लागि सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया