अजिज अखान्नौच मोरक्कोका नयाँ प्रधानमन्त्रीमा नियुक्त

 भदौ २६, २०७८ शनिबार १३:३२:१४ | रासस
unn.prixa.net

काठमाण्डाै - मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । 

मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई हिजाे नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । 

नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले दिनुभएको छ । 

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरबारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । 

निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ वर्षको हुनुभएको छ । उहाँले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो ।  

उहाँको आगमनसँगै जस्टिस एण्ड डेभलपमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । याे पार्टीले गएकाे सन् २०११ देखि गठबन्धन सरकार चलाउँदै आएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया