ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु

 असोज ८, २०७८ शुक्रबार १०:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु भएको छ ।

कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन ललितपुर महानगरपालिका–१ बखुण्डोलमा रहेको कुण्डलिनीमा हिजोदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङ विक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषीमा र रुद्रबहादुर पुनका चित्रकला  राखिएको छ । 

तस्बिर : सुष्मा राजभण्डारीकाे फेसबुक

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया