इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

 असोज १८, २०७८ सोमबार ९:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै  जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया