युरोपमा १८ वर्षदेखि माथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन अनुमति

 असोज १९, २०७८ मंगलबार १२:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएकाे छ । 

युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो ।

कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ ।

बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा एन्टिबडीको क्षमता बढ्ने विज्ञले बताउँदै आएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया