बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूह जी २० का सदस्यहरूले अफगानिस्तानमा आर्थिक सङ्कट आउन नदिने बताएका छन् ।
जर्मन चान्सलर एन्जेला मर्कलले अफगानिस्तानलाई “अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने“ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानमार्फत नभइ अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत सहायता उपलब्ध गराइनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रहपछि हिजो जी २० का नेताहरूको भर्चुअल बैठक बसेको थियो । आर्थिक सहायताका लागि जनाइएका प्रतिबद्धतामा युरोपेली सङ्घको प्रतिबद्धता पनि रहेकाे छ । सङ्घकी प्रमुख उर्जुला फोन डेअर लयनले अफगानिस्तान र छिमेकी देशमा शरण लिइरहेका शरणार्थीहरूका लागि एक अर्ब यूरो उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।
भर्चुअल बैठकका आयोजक इटलीका प्रधानमन्त्री मारिओ ड्रगीले इस्लामवादीहरूलाई संलग्न नगराइ अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताउनुभएको छ । अफगानिस्तानमा अहिले राष्ट्रसङ्घ र परोपकारी सङ्घसंस्थाहरूले मात्रै सहायता चाहिएका मानिसलाई सीमित खाद्यान्न र औषधि उपलब्ध गराइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।