यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार उपहार पाउने अवसर

 कात्तिक १२, २०७८ शुक्रबार ११:१९:२ | उमाकान्त पाण्डे

यूएई – यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ ।

अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो । 

यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ । 

यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गर्ने एक्सचेन्जले जनाएको छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउने ग्राहक छनोटमा पर्नेछन् ।

यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । पहिलो गोला प्रथा फेब्रुअरी १४ मा आबुधावीमा, दुबईमा र शारजहामा रहेका शाखाहरूमा हुने छ । 

आबुधावीमा ४ वटा कार, दुबईमा ३ वटा  र अन्य शाखाहरूमा ३ वटा गरी जम्मा १० वटा कार उपहार योजनामा राखिएको छ ।

 त्यस्तै मेघा पुरस्कार अन्तर्गत १ किलो सुनको विजेता घोषणा दुबईको अलकुज शाखामा आउँदो फेब्रुअरी १५ तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल प्रमुख बेनी माधव ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

 अल अहलिया एक्सचेन्जले गएको १० वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ ।  कोरोना सङ्क्रमणका कारण गएको दुई वर्ष अफर ल्याउन नसकिएको एक्सचेन्जका बजार प्रमुख सन्तोष नाएरले बताउनुभयो ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याउने ल्याएको एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाको भनाइ छ ।

यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ । 

यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा श्रिजङगा ४ ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाउनु भएको थियो ।  

सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने कम्पनी हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Kamal chhetri

    Nov. 1, 2021, 1:17 p.m.

    महिले पनि त्यहि बात पठाउने गरेको छु आशा छ हामी गरीब को पनि किस्मत चम्किन्छ की

  •  0 Reply

तपाईको प्रतिक्रिया