भारत–भुटान सीमा क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो

 कात्तिक १३, २०७८ शनिबार ९:२३:४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’मा हात्ती आतङ्क बढ्दै गएको छ । 

नेपाली भाषीको बस्ती रहेको ‘डुबर्स’मा मानव–हात्ती द्वन्द्वको समस्या जटिल बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन् ।

सडकमा गाईबस्तु हिँडे झैं हरेक बेलुका आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको छ । दैनिक झण्डै चार सयको सङ्ख्यामा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको छ।

किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचानमा रात बिताउने गरेका छन् । बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको बसोबास छ । 

मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका किरण उपाध्यायले बताउनुभयो । केही दिन अघि भएको एसोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा नेपाली टोलीले मानव–हात्ती द्वन्द्वको अवस्थाबारे जानकारी समेत गराएको छ । 

आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एसोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताउनुभयो । भुटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भू–भाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उहाँको भनाइ छ ।

मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या नभएकाले हिमालयले छोएको देशमा पर्यटन प्रवर्द्धनकाे साझा अभियान सञ्चालन हुनुपर्ने भारतीय संरक्षणविद् राज वसुको भनाइ छ । भारतबाट आउने जङ्गली हात्तीले प्रदेश एकको झापामा समेत सास्ती दिँदै आएको छ । 

नेपाल, भारत र भुटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको झापाका अर्जुन कार्कीले बताउनुभयो।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया