इङ्नामलाई मदन पुरस्कार र थापालाई जगदम्बाश्री सम्मान प्रदान

 कात्तिक २४, २०७८ बुधबार १९:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान आज बुधवार प्रदान गरिएको छ । आयोजक मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो ।

लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो ।

नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको महसुस गरेको भन्दै पुरस्कारले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया