प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
काभ्रे - अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, जिल्ला रामेछाप खाँडादेबी गाउँपालिका–१ का ३५ वर्षीय टेकबहादुर विक, काठमाडौँ महानगरपालिका–२८ का ४२ वर्षीय धननारायण तण्डुकार, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रञ्जन सिलवाल र जिल्ला मकवानपुर पालुङ–७ का गाडी चालक ४२ वर्षीय नकुल कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठका अनुसार मान्छे अपरहणमा परेको प्राप्त सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।
‘घटना अपहरण नै हो, त्यही सूचना आउनासाथ हामीले उनीहरुलाई पक्राउ गर्न सफल भएका छौँ’, उहाँले भन्नुभयो, ‘घटनामा संलग्नहरु पक्राउ परिसकेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेकाले अनुसन्धानपछि मात्रै विस्तृत जानकारी प्राप्त हुनेछ ।’
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहका अनुसार हेलम्बु गाउँपालिका–४ का ४७ वर्षीय विष्णु कटुवाललाई भक्तपुरको सल्लाघारीबाट अपरिचित व्यक्तिले निलो रङको ट्याक्सीमा राखी जबरजस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने सूचना प्राप्त हुनासाथ खोजतसालका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई धुलिखेल नगरपालिका–५ चौकोटको उकालोबाट गाडी र मोटर साइकलसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बा५च ९७३५ नं को निजी कार, बा७८प ५०५ नं को मोटरसाइकल र बा३४प ५०० नं स्कुटीसहित उनीहरुलाई बेलुका ५ बजे पक्राउ गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।