माओवादीकाे राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने, पार्टी सदस्य ८ लाख पुग्ने अनुमान

 मंसिर १६, २०७८ बिहीबार १९:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले पार्टीको वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । 

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि आज/भोलि नै सबै सकिने र पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उहाँले बताउनुभयो । 

प्रवक्ता महराले अहिलेसम्म पार्टीको सदस्यता सङ्ख्या सात लाख ६ हजार पाँच सय पुगेको र पार्टी सदस्यता सङ्ख्या आठ लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाण्डाैकाे प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । त्यस्तै मङ्सिर २५ गते प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

स्थायी कमिटी बैठक भाेलि शुक्रवार बिहान ११ बजे फेरि बस्ने भएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया