पाैडेल पक्षले अझै सभापतिकाे उम्मेदवार टुङ्गाे लगाउन सकेन

 मंसिर २२, २०७८ बुधबार २०:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारकाे नाम अन्योलमै रहेको हो ।

पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।

आजकाे बैठकमा वरिष्ठ नेता पौडेल केही समय बसेर बाहिरिनुभएको थियो । चार जनामध्ये आफू पनि सभापतिको उम्मेदवार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने नेता पाैडेलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो । 

हिजाे मङ्गलवारकाे बैठकले भने आज बेलुकासम्म साझा उम्मेदवारकाे सूची सार्वजनिक गर्ने वरिष्ठ नेता पाैडेलले दाबी गर्नुभएकाे थियाे । यद्यपि अहिलेसम्म याे पक्षले सभापतिकाे उम्मेदवार टुङ्गाे लगाउन सकेकाे छैन । 

आज चाक्सीबारीको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासका लागि भोलि बिहीवार बिहान ८ बजे अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया