दाङमा जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 मंसिर २४, २०७८ शुक्रबार ९:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । 

गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेकाे रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई  तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही-१६ मा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते भएका चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा गएराति नै ज्यान गएको थियो ।

ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएकाे  प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया