प्रधानमन्त्री देउवाद्वारा डा. जगतप्रसाद पराजुलीका दुई वटा पुस्तकको विमोचन

 पुस ८, २०७८ बिहिबार ९:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डाक्टर जगत प्रसाद पराजुलीद्वारा लिखित दुई वटा इतिहास सम्बन्धी पुस्तकको विमोचन गनुएभएको छ ।

हिजो प्रधानमन्त्रीको निवास  बालुवाटारमा आयोजित त्रिभुवन विश्वविद्यालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त प्राध्यापकहरुसँगको भेटघाटमा पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभाग प्रमुख पराजुलीद्वारा लिखित दुई पुस्तक “सरोज कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलन” र “इतिहास दर्शन” पुस्तकको विमोचन गर्नुभएको हो । 

विमोचित पुस्तकले नेपाली इतिहासका अध्येता तथा रुचि राख्नेहरुलाई तथ्य जानकारी प्रदान गर्ने लेखक पराजुलीले बताउनु भयो । 

पुस्तकमा नेपाली कांग्रेसका नेता सरोज कोइरालालाई तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरुले जेलभित्र रहेका डाँकाहरुको प्रयोग गरेर हत्या गर्न लगाएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Janata

    Feb. 15, 2022, 10:29 a.m.

    एक विद्वानले प्रधानमन्त्रीलाई यस्ता कार्यक्रममा अल्झाउनु राम्रो कुरा होइन । साथै, प्रधानमन्त्रीले उहाँको राय सल्लाह र सुझाव लिन समय दिनु राम्रो हो, तर उद्घाटन, शिलन्यास, सम्मान भनेर जस्ले जहाँ बोलायो त्यतै दौडने प्रधानमन्त्री पनि बेकार हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया