सिरहाकाे निषेधाज्ञा हट्याे

 पुस १३, २०७८ मंगलबार १९:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ । जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलवार बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उहाँले बताउनुभयो ।

किसान यादव सिरहाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो । यादव पक्राउ परेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरु गरेको हो ।

आन्दोलनका क्रममा १८ जना पक्राउ परेकामा सर्वदलीय बैठकमा आएको अनुरोधअनुसार रिहा गरेको प्रमुख जिल्ला अधिकारी कवारीले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया