कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ ।
बुधवार राति भएको आगलागीमा तीन वटा र घर ६ वटा पसल जलेका छन् । स्थानीय जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजित राई र मनबहादुर राईका घर जलेका छन् ।
तीन वटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ ।
आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।