हुथी विद्रोहीमाथि अमेरिकाले गरेको हवाई आक्रमणमा ज्यान गुमाउन...
चैत ३, २०८१ सोमबार
मोरङ – ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
घलेलाई जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रशाद शर्माको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थुनामा पठाइएको हो । संगठित अपराध ऐन २०७० र मुलुकी ऐनको अदालती बन्दोबस्तीको दफा १८ बमोजिम घलेलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
छिरिङले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
उनलाई जिल्ला अदालतमा उपस्थित गराएर आइतबारै १० पेजको बयान लिएपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसमा छिरिङका तर्फबाट वरिष्ठ अधिवक्ता बिश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गरेका थिए भने सरकार वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए ।
यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा सुन तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए । घलेले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको गोरेको बयान थियो । तर, छिरिङले भने इन्कारी बयान दिएका छन् ।
घलेले आफुले गोरेलाई नचिन्ने जिकिर गर्दै बयान दिएका हुन् । छिरिङ सुन तस्करीसँग जोडिएका अर्का अभियुक्त भुजुङ गुरुङका साला हुन् । भुजुङ पनि पुर्पक्षका लागि जेलमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।