सर्वोच्च अदालतका सेवा कटौती : दुई हप्तासम्म सुनुवाइका कार्यहरू सीमित संख्यामा हुने

 माघ ४, २०७८ मंगलबार १६:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । सङक्रमणको जोखिम न्यूनीकरण गर्न अबका दुई हप्ता अर्थात् आउँदो १८ गतेसम्म सुनुवाइका कार्यहरू सीमित संख्यामा हुने भएका छन् ।

सर्वोच्चले न्यायाधीश‚ मुख्य रजिस्ट्रार लगायत अहिलेसम्म ३१ जनामा कोरोनाको सङक्रमण देखिएकाले सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्चालन गर्ने विज्ञप्तीमार्फत जनाएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ लगायतका अत्यावश्यकीय सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुद्दा फिर्ता‚ तामेली एवं मिलापत्रसम्बन्धी काम कारबाही‚ थुनुवा भएका मुद्दाको सुनुवाइ‚ हेर्दाहेर्दै र नियमित सुनुवाइमा रहेका मुद्दाको सुनुवाइ र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया