कोराेनामाथि अहिल्यै विजय घोषणा गर्नु ‘गलत’ : विश्व स्वास्थ्य सङ्गठन

 माघ १९, २०७८ बुधबार १९:४७:२६ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु गलत हुने बताउनुभएको छ । 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, ‘कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ । यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक–पटक फरक रूपमा विकसित भएर आएको छ ।’

कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने युरोपेली देशकाे पहिलो सदस्य राष्ट्र डेनमार्कले हिजाे मङ्गलवार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिएकै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उहाँको यो भनाइ सार्वजनिक भएको हो ।

डेनमार्कसँगै अन्य धेरै देशले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् । टेड्रोसले भन्नुभयो, ‘कुनै–कुनै देशमा खोप र ओमिक्रोनको उच्च सङ्क्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड सङ्क्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो ।’

उहाँले नियन्त्रणका उपायलाई अझै प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।’

संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य निकायका प्रमुखले औँल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा झन्डै नौ करोड व्यक्ति सङ्क्रमित भएको रिपोर्ट छ । 

यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भए पनि अहिले पनि हामीले संसारका धेरैजसाे क्षेत्रमा अत्यधिक मृत्युका घटना देखिइरहेका छन् । 

उहाँले यो भाइरस पूर्ण सर्नदेखि रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताउनुभयो । ‘हामी कुनै पनि देशलाई लकडाउनमा फर्कन आह्वान गरिरहेका छैनौँ’, टेड्रोसले भन्नुभयो, ‘हामी सबै देशलाई खोप मात्र नभइ हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गर्दैछौँ ।’ 

यो भाइरसको विकास भइरहने भएकाले देशहरूले परीक्षण, निगरानी र अनुक्रम गरिराख्न उहाँले आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया