धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्...
बैशाख १५, २०८२ सोमबार
सुनसरी – गएरातिको हावाहुरी र असिनापानीले मधेश र कोशी प्रदेशका तराई क्षेत्रको कृषिबालीमा क्षति पुर्याएको छ । हावाहुरी र असिनापानीले मधेश प्रदेशको बारा, रौतहटलगायत जिल्ला र कोशीका सुनसरी, मोरङलगायतका जिल्लामा मकै र आँपखेतीमा ठूलो क्षति पुर्याएको हो ।
विभिन्न क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुगेकाे कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीसँगै मोरङ, झापालगायतका जिल्लामा पनि हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ । भित्र्याउने बेलाको मकैबाली र चिचिला लागेको आँपमा क्षति पुगेको छ ।
मधेश प्रदेशका धेरैजसो जिल्लाहरूमा मकैबाली, आँपलगायत उत्पादन नष्ट भएको आम जनता पार्टीका सांसद प्रभु साहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।