पशुपतिनाथ मन्दिर भाेलिदेखि खोलिने

 माघ २७, २०७८ बिहीबार ९:५३:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भाेलि शुक्रवारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो । कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।  
 
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले हिजाे जारी गर्नुभएको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड पालना गरेर भाेलिदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया