नारायणहिटीमा रहेको कन्सुलर सेवा विभागले आइतबारदेखि त्रिपुरेश्वरको नयाँ भवनबाट सेवा दिने

 माघ २८, २०७८ शुक्रबार १२:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको नारायणहिटीमा रहेको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरमा बनेको नयाँ भवनमा सर्न लागेको छ । आइतबारदेखि विभागले नयाँ भवनबाटै सेवा दिन थाल्ने विभागका महानिर्देशक धनबहादुर वलीले बताउनुभयो ।

योभन्दा पहिले नारायहिटीमै रहेको राहदानी विभाग त्रिपुरेश्वरकाे नवनिर्मित भवनमा सरिसकेको छ । भवन स्थानान्तरणको क्रममा एकदुई दिन टेलिफोन सेवा अवरुद्ध भए पनि चाँडै नै ११५२ नम्बरको टोल फ्री फोन सेवा सञ्चालनमा ल्याउने पनि उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार कन्सुलर सेवालाई थप प्रभावकारी बनाउन ह्वाट्सअप तथा भाइबरबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ । 

‘विदेशमा रहेका नेपाली नागरिकलाई पनि सजिलै सेवा लिन सक्ने गरि भाइबर र ह्वाट्सअपबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कुनै पनि सेवाग्राही तथा पीडितका परिवारले फोन गरेर वा भाइबर, ह्वाट्सअपमार्फत सेवा लिन सक्नुहुन्छ । त्यसबाट नै उहाँलाई कहाँ जाने, के गर्ने लगायतका जानकारी प्रदान गरिनेछ ।’

विभागले आफ्ना सेवालाई पालिकास्तरबाटै प्रदान गर्ने तयारी पनि गरिरहेको छ । मोबाइल एप निर्माण गरेर त्यसबाट पनि सेवा प्रदान गर्ने गरि काम अघि बढीरहेको महानिर्देशक वलीले बताउनुभयो ।

कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरणको काम गर्छ । यस्तै विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरुलाई प्रदान गरिने सुविधा, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कामहरु पनि कन्सुलर विभागले गर्छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया