कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक

 माघ २९, २०७८ शनिबार ७:३०:३६ | रासस
unn.prixa.net

काठमाण्डाै - केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको र फेब्रुअरी १४ अर्थात पर्सि सोमवारका लागि तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि उडान तय भएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभएको छ । उहाँले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था गर्ने जानकारी दिनुभयो।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकोमा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया