महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

 फागुन २, २०७८ सोमबार १४:२४:० | रासस
unn.prixa.net

बाग्लुङ – कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवसायमा जोड्न बाग्लुङकाे तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला स्वदेशमै अथवा विदेशमा रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो ।

स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने  र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो ।

गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने भएको छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरिएकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका लागि गाउँपालिकाले बनाएको विधि उपयुक्त हुने अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

‘एक जनाले रु पाँच लाखदेखि २५ लाखसम्म व्यवसायको प्रकृति हेरेर ऋण लिनसक्ने व्यवस्था हामीले गरेका छौं’ उहाँले भन्नुभयो,'कोरोना महामारीका बेला स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवासाथी यो कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।'

कार्यविधि कार्यान्वयनमा आइसकेको अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकामा महामारीको समयमा रोजगारी गुमाएकाको तथ्याङ्क भने तयार भइसकेको छैन् । गाउँमा नै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दा उत्पादन बढ्ने र अन्य सर्वसाधारणलाई समेत रोजागरीमा जोडिन वातावरण सहज हुने गाउँपालिकाको विश्वास छ ।गाउँपालिकाले स्वरोजगारमूलक व्यवसायमा लाग्ने युवा तथा महिलाका लागि प्रेरित गर्ने कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । तालिम, प्रशिक्षण र प्रक्रियामा सहयोग गर्नेदेखि ऋणको ब्याज तिर्ने र गाउँपालिकाकै तर्फबाट अनुदान सहयोग गर्नेसम्मका कार्यक्रम छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया