सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ ।
सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।
मृतक नेपालीले मृत्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ ।
विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली कामदारको ब्लड मनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलो अप गरिएको र अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ ।
२४ वटा फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५ सय ब्लड मनी समेत प्राप्त भई मृतक कामदारको नाममा पठाइएको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।