यूएई यात्रा गर्नुअघि थाहा पाउनै पर्ने कुरा

 फागुन ३, २०७८ मंगलबार १२:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति लिन नपर्ने भएको छ । 

तर बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काबाट यूएई यात्रा गर्ने यात्रुले भने पूर्व अनुमति लिन पर्ने हुन्छ । यसका अलावा भर्खरै बसोबासको वा कामदार भिसा जारी भएका, छोटो समय र लामो समयका लागि भिसा जारी भएका, १० वर्षको गोल्डेन भिसा भएका,  लगानीकर्ता र पार्टनर भिसा भएकाहरू, भिजिट भिसामा जानेहरू र अन अराइभल भिसा लिनेहरूले पूर्व अनुमति लिन पर्ने छैन ।

तर यूएई यात्रा गर्ने सबैको साथमा क्युआरकोडसहितको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनपर्छ । अझै पनि नेपालसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुहरूले यात्रा गर्नुभन्दा अघि विमानस्थलमै पीसीआर र्‍यापिड टेस्ट गर्नु पर्छ र त्यसको रिजल्ट नेगेटिभ हुन आवश्यक छ । भारतसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुको हकमा भने विमानस्थलमा र्‍यापीड पीसीआर गर्नु पर्ने नियम यूएईले हटाएको छ ।

यूएईले हरियो सूचीमा राखेका देशबाट यात्रा गर्ने यात्रुले यूएई पुगेपछि निःशुल्क अन अराइभल कोरोना परीक्षण गर्न पाउनेछन् । 

खोपको मात्रा दुवै लगाएको  भएमा यूएई पुगेको ६ दिनमा पुनः कोरोना परीक्षण गर्न पर्छ । तर पूरा मात्रा खोप लगाएको छैन भने ४ दिन, ८ दिन र ९ दिनमा पनि कोरोना परीक्षण गर्नपर्छ ।

खोपको मात्र पूरा नभएका यात्रीले १० दिनसम्म क्वारेण्टीनमा बस्नपर्छ । यूएईको आबुधाबीको सार्वजनिक स्थानमा प्रवेश गर्नका लागि खोपको पुरा मात्र लगाएको हुन आवश्यक छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया