ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन, उजुरी लिनेदेखि पक्राउ गर्ने अधिकार

 फागुन ३, २०७८ मंगलबार १७:३३:२३ | रासस
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारमा हुने अनियमितता र ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली परिचालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मंगलबार बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

भिजिट भिसामा मानिसहरू पठाएर खाडी लगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । प्रहरीको टोलीले यस विषयलाई समेत निगरानी गर्ने जनाइएको छ ।

प्रहरी टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्ने सम्मको अधिकार दिइएको छ । अहिले टोली सादा पोसाकमा रहेको र आवश्यकता अनुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिन सक्ने व्यवस्था छ । ऐन अनुसार गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्यूरोबाट प्रहरी टोली पठाइएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया