जब नेपालले खेल हारे पनि सबैकाे मन जित्याे

 फागुन ४, २०७८ बुधबार १९:२१:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : भिडियाेबाट

काठमाण्डाै – गएको फागुन २ गते सोमवार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयरल्यान्डसँग हार्‍याे तर त्यो खेलमा नेपाली खेलाडीले देखाएको व्यवहारको भने चौतर्फी प्रशंसा भइरहेको छ । 

रन लिने क्रममा लडेका आयरल्यान्डका ब्याट्सम्यानलाई नेपालका विकेटकिपरले रन आउट गर्नबाट रोकेका थिए, त्यही दृश्यलाई लिएर अहिले चौतफी प्रशंसा भइरहेको हो । धेरै क्रिकेटरहरूले त्यो दृश्यलाई क्रिकेटको भवनालाई मूर्त रूप दिने उदाहरण रूपमा लिएका छन् । 

‘त्यो दिन निकै खास थियो । त्यो क्षण खेलको जादुमय अवस्था थियो’, नेपाल र आयरल्यान्डबीचको खेलको कमेन्ट गरिहेका आयरल्यान्डका कमेन्टर एन्ड्रियु लियोनार्दाेले भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया (टीओआई) सँग भने । 

A #SpiritofCricket thread pic.twitter.com/CoqSt8uw3x

‘यो सबै केही सेकेन्डमै भयो । नेपाल क्रिकेटलाई नजिकबाट हेरेपछि किपरले स्टम्प बल्न नहान्ने र सही काम गर्ने मैले सजिलै अनुमान गरेको थिएँ । यसको श्रेय कप्तान सन्दीप लामिछानेलाई पनि जान्छ, जसले किपरलाई बल स्टम्पमा प्रहार गर्नबाट रोकेका थिए’, कमेन्टर एन्ड्रियु लियोनार्दाेले थपे । 

१९ औँ ओभरको दोस्रो बलमा यो दृश्य देखिएको थियो, दायाँ हाते मिडियम पेसर कमलसिंह ऐरीले बलिङ गरिहेका थिए । आयरल्यान्डका ब्याट्सम्यान मार्क ऐदरले प्रहार गरेको बल धेरै पर गएन । त्यसपछि उनी रन लिनका लागि दौडेका थिए, त्यही बेला ननस्ट्राइकरमा रहेका एन्डी म्याकब्राइन कमलसिंह ऐरीसँग ठोक्किँदा लड्न पुगेका थिए । त्यसपछि म्यामब्राइन क्रिजसम्म पुग्न सकेनन् । तर विकेटकिपर आसिफ शेखले उनलाई आउट नगर्ने निर्णय गरेका थिए ।

त्यो दृश्यलाई लिएर दुवै देशका खेलाडी र प्रशिक्षकले उठेर ताली बजाएका थिए । पछि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि क्रिकेटरदेखि प्रशंसकसम्मले यो 'स्प्रिट अफ क्रिकेट अवार्ड' को दाबेदार भएको बताइरहेका छन् ।   

याे खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे थियाे ।  आयरल्यान्डले दिएकाे एक सय २८ रनकाे सामान्य लक्ष्य पछ्याएकाे नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमात्र बनाउन सकेकाे थियाे । 

(एजेन्सीकाे सहयाेगमा)

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया