ओली र प्रचण्डसँग गृहमन्त्रीको छुट्टाछुट्टै भेट

 फागुन ११, २०७८ बुधबार ११:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले प्रचण्ड र ओलीलाई बिहान उहाँहरुकै निवासमा पुगेर भेट गर्नुभएको हो । दुवै भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । भेटमा ओली र प्रचण्डले पुरानै अडान दोहोर्याउनुभएको छ ।

ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनै पनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिनुभएको छ । हिजो बेलुकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि ओलीले यही अडान राख्नुभएको थियो । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आउनुभएको छ । सत्ता साझेदार दलकै अवरोधकाबीच सरकारले गएको आइतबार एमसीसीसँगको सम्झौता संसदमा टेबल गरिसकेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच सहमति नभए विपक्षीको सहयोग लिएर भए पनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद बैठक भोलि बोलाइएको छ । आउँदो फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न सरकारलाई दबाब छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया