युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक भ्रमण नगर्न आग्रह

 फागुन ११, २०७८ बुधबार १४:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई कुनै समस्या परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रुस–युक्रेन तनाव चर्किँदै गएकाले त्यहाँ हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया