संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि छ : बाइडेन

 फागुन १२, २०७८ बिहीबार १०:४९:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि भएको बताउनु भएको छ ।

उहाँले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताउनु भएको छ ।

यो आक्रमणबाट हुने क्षतिको एक्लो जिम्मेवार रूस हुने पनि उहाँले बताएका बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रले एकताबद्ध र निर्णायक तरिकाले यसको जवाफ दिने पनि उहाँको भनाइ छ ।

पूर्वी युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेपछि त्यहाँका विभिन्न भागमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया