युक्रेनमा रहेका नेपालीमा त्रास : आवश्यक परे जर्मनी र मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह

 फागुन १२, २०७८ बिहीबार ११:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रास बढेको छ । युक्रेनको राजधानीमा विस्फोट हुन थालेसँगै त्रास बढेको हो ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई आवश्यक पर्दा बर्लिन वा मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह  गरेको छ ।

बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको हो ।

हिजो विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको थियो । अति आवश्यक परे बस्नु नत्र उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्किन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको हो ।

यस्तै, मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण समेत स्थगित गरेको छ ।  युक्रेनमा अहिले झण्डै डेढसयदेखि दुई सय जना रहेका अनुमान गरिएको छ । त्यसमध्ये ३८ जना सम्पर्कमा आएका मन्त्रालयले जनाएको छ । 

विज्ञप्ति :

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया