संसद् बैठकअघि सत्तारुढ दलका शीर्ष नेताहरुबीच भेटवार्ता

 फागुन १२, २०७८ बिहिबार १२:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक घण्टा बालुवाटारमा छलफल भएको हो । त्यसअघि प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको भेट भएको थियो ।

सिंहदरबारमा नेपाल र खनालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो । भेटमा एमसीसीको विषयमा कुराकानी भएको छ । 

सत्तारुढ माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् भने कांग्रेसले एमसीसी पास गर्नुपर्ने बताउँदै आएको छ । एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्री देउवाले निरन्तर छलफल गर्दै आउनुभएको छ ।

प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ । 
 

अन्तिम अपडेट: जेठ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया