ओलीले एमसीसी जस्ताको त्यस्तै पास गर्न खोज्दा गिजोलियो, अहिले हित हुने गरी अनुमोदन भयो : प्रचण्ड

 फागुन १६, २०७८ सोमबार १५:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा आज साेमवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको बताउनुभयो । 

‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुसी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’

आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरि पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राख्नुभएको प्रचण्डको जिकिर छ ।  ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, प्रचण्डले भन्नुभयो । 

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ ।  ‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा मैले नै गम्भीर विषय भएकाले संशोधन गरेर र राष्ट्रिय सहमति जुटाएर मात्रै निचोडमा पुग्न उचित हुन्छ भनेको थिएँ । त्यसपछि कार्यदल बन्यो, कार्यदलले दिएको निचोड एमसीसी खारेज गर्ने भन्ने थिएन तर केही विषय अलि गम्भीर प्रकृतिका कुरा छन् भन्ने कुरा आएपछि हामीले जस्ताको त्यस्तै पास गर्न सकिन्न भन्यौँ’, प्रचण्डको भनाइ छ । 

नेकपाका त्यति बेलाका नौ जना सचिवालय सदस्यमध्ये सात जनाले एमसीसी जस्ताको त्यस्तै पारित नगर्ने भन्दा पनि केपी शर्मा ओली र अर्का एक जना जस्ताको त्यस्तै पारित गर्ने अडानमा रहँदा विषय झनै विवादित बनेको प्रचण्डले बताउनुभयाे । ‘त्यति बेला ओली जस्ताको जस्तै पारत गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । नाै जना सचिवालय सदस्यमध्ये सात जना संशोधन नगरि हुन्न भन्नेमा लागे, ओली र अर्का एक जना नेताले जस्ताको त्यस्तै पारित गर्ने अडानमा थिए । एमसीसीलाई देश हितका लागि प्रयोग गर्न कुनै न कुनै प्रस्ताव संसदबाट पारित गरेर जान सकिन्छ कि भनेर पहिलो पटक मैले नै कुरा राखेको हो । ओलीले मानेनन्, यो कुरा अहिलेसम्म बाहिर आएको थिएन’, प्रचण्डले भन्नुभयो । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu prasad kandel

    Feb. 28, 2022, 4:49 p.m.

    थुक्क प्रचन्डे अझै पनि जनताले तिमी बोलेको बिश्वास गर्छन भन्ने लाग्दछ !!! ओलिलाइ गाली नगरी तिमिहरुको रोजीरोटी चलेन है!!! गद्धारहरु!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया