अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत उद्धारका लागि छलफल भइरहेको बताउनुभएको छ ।
युक्रेन पट्टी रहेका नेपालीलाई केही समय धैर्य गर्न आग्रह गर्दै अध्यक्ष पन्तले पोल्याण्ड प्रवेश गराउन कूटनीतिक सहजीकरणको लागि जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ ।
युक्रेन र पोल्याण्डको सिमानामा रहेका ५० प्रतिशत नेपालीहरू गए राती नै बस र रेलमार्फत पोल्याण्डको वार्सा लगायतका सहरमा पुगेका छन् । तर कतिपय नेपालीहरू युक्रेन पट्टी नै रहेको र चर्किएको युद्धका कारण सीमा नाकामा आउन समस्या भएको छ । उनीहरूलाई पोल्याण्ड प्रवेश गराउन समन्वय भइरहेको अध्यक्ष पन्तले उल्लेख गर्नुभएको छ ।
युक्रेन छाडेर सीमावर्ती देशमा प्रवेश गर्ने नेपालीको अवस्था बुझ्न अहिले अध्यक्ष पन्त पोल्याण्ड र युक्रेनको सिमानामा मेडिका पुग्नुभएको छ ।
युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा नाकामा रहेका नेपाली, विभिन्न सङ्घसंस्था र नेपाली समुदायहरू खटिइरहेका छन् । युक्रेनी सीमा पार गरेर पोल्याण्ड प्रवेश गरेकाहरूलाई अन्य सहरमा लगेर राख्न पनि एनआरएनएले सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।