रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दै, रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

 फागुन १९, २०७८ बिहिबार ६:३९:२९ | एजेन्सी
unn.prixa.net

रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दैछन् । यो वार्ता बेलारुसको बेलोभेज्स्काया पुस्चामा हुँदैछ ।

युक्रेनको प्रतिनिधिमण्डल रुससँगको दोस्रो चरणको वार्ताका लागि प्रस्थान गरेको रोयटर्सले जनाएको छ । तर आ–आफ्नै अडानका कारण दोस्रो चरणको वार्ता सकारात्मक हुने सम्भावना कम छ । रुसले गएको बिहीवारदेखि युक्रेनमा आक्रमण सुरु गरेको हो ।

आक्रमण रोकिएको छैन । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् । आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेन । युक्रेनले रुसले युद्ध रोक्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ ।

रुस र युक्रेनका बीच युद्ध र वार्ता भइरहेका बेला रुसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको छ । झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरेका छन् । विश्वका धेरै देशले रुसले युक्रेन माथि गरेको आक्रमणको विरोध गरेका छन् ।

युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया