रुसी आक्रमणमा परेकाे युक्रेनकाे आणविक प्लान्टकाे ‘आगाे निभाइयाे’

 फागुन २०, २०७८ शुक्रबार ११:२९:६ | एजेन्सी
unn.prixa.net

युक्रेनकाे आणविक प्लान्टमा आगलागीकाे दृश्य, तस्बिर : एजेन्सी

युक्रेनको आणविक पावर प्लान्ट (ऊर्जा केन्द्र) मा लागेको आगो निभाइएको छ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाएइको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

आपत्कालीन सेवाले आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा (स्थानीय समयअनुसार) जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमा स्टाटस लेखेको छ । 

रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रुसी आक्रमणका कारण यस केन्द्रको पाँच तले भवनमा आगो लागेको युक्रेनले जनाएको थियो ।

आगो एक घण्टा जतिमा निभाइएको र ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको बताइएको छ । 

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउँदै विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया