अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

 फागुन २२, २०७८ आइतबार १२:९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।

अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यस्तै अब कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।

साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ । 

यस्तै साउदीले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध पनि हटाएको गल्फ न्युजले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया