युक्रेन–रुस युद्धमा फसेका नेपालीलाई श्रम मन्त्रालयकाे कल सेन्टरमा सम्पर्क गर्न आग्रह

 फागुन २२, २०७८ आइतबार १५:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिइ वा नलिइ रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेकाहरुलाई सम्पर्कमा आउन कल सेन्टरले आग्रह गरेको हो । त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।

कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ । नेपालबाट आफन्तहरुले निःशुल्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ मा फोन गर्न सक्नुहुन्छ । यस्तै विदेशबाट ९७७ १ ५९७०००८ फोन नम्बरमा सशुल्क सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ । भाइबर मार्फत +९७७ ९८०१८०००१३ मा सम्पर्क गर्न सकिन्छ । यस्तै कल सेन्टरको फेसकबुक पेज facebook.com/molcallcenter मार्फत पनि सम्पर्क गर्न सकिन्छ । कल सेन्टरकाे इमेल [email protected] मार्फत पनि जानकारी गराउन सकिन्छ ।

यस्तै वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डमा पनि सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ ।

 


अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया