अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – साउदीमा हुनुहुन्छ ? अब साउदीमा सभा, सम्मेलन, भेलाजस्ता कार्यक्रममा उपस्थित हुँदा, एकले अर्कालाई भेट्दा वा सेवा लिनका लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने भएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका विभिन्न नियमहरू खुकुलो बनाउँदै साउदी सरकारले खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउन नपर्ने भनेको छ । तर अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, सपिङ मल, अन्य पसल, जिम खानाजस्ता बन्द स्थलमा जाँदा भने अनिवार्य रूपमा मास्क लगाउन पर्नेछ ।
अस्पताल, सरकारी कार्यालय, सपिङ मल तथा पसलजस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले Tawakkalana App को प्रयोग गर्नु पर्ने छ ।
नेपालबाट साउदी जाँदा पीसीआर रिपोर्ट आवश्यक पर्ने छैन भने साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वरेण्टीनमा बस्न पर्ने छैन । भिजिट भिसामा जानेहरूले भने कोरोना सङ्क्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य बिमा गर्नुपर्छ ।
यी सबै नियम मार्च ५ अर्थात् फागुन २१ देखि कार्यान्वयनमा आइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।