विदेशबाट आउँदा खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने, क्वरेण्टीनमा बस्न नपर्ने

 फागुन २६, २०७८ बिहीबार १६:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले  विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ । कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले विदेशबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड या पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेस गरे पुग्ने नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो । 

मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो  । कोरोनाविरुद्धको खोप वा पीसीआर नेगेटिभ रिपोर्ट देखाएमा क्वरेण्टीन बस्न नपर्ने पनि उहाँले जानकारी दिनुभयो । 

सरकारको नयाँ नियममा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्कने नेपाली र पर्यटकलाई निकै सहज हुनेछ । यो नियम लागू भएसँगै नेपालमा पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको व्यवसायीले जनाएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया