ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोदावरी नगरपालिकाको छैटाैँ स्थापना दिवस एवम् नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा आज शुक्रवार आयोजित कार्यक्रममा उहाँले महँगीले दैनिक भान्सा चलाउन कठिनाइ भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।
यसैबीच मन्त्री भुसालले गाेदावरी नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उल्लेख गर्नुभयाे । सांसद नवराज सिलवालले याे क्षेत्र विकास निर्माणका हिसाबले काठमाण्डाै उपत्यकाको कर्णालीका रूपमा रहेको बताउँदै सरकारले याे ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताउनुभयो ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भौगोलिक रूपमा याे नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराउनुभयो । याे क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गर्नुभयो ।
उपमेयर मुना अधिकारीले अब आफूहरूले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको याे भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि अहिलेसम्म झन्डै २५ करोड रुपैयाँ खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।