भारतकाे सहयाेगमा युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

 फागुन २८, २०७८ शनिबार १४:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।

रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरीएका छन् । यो बाहेक युक्रेनमा नेपाली नागरिक भए नभएको बारे तथ्याङ्क नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार युक्रेनबाट नेपालीहरु विभिन्न देशमा गएका भए पनि नेपाल आएपुगेको औपचारिक जानकारी भने चार जनाको मात्रै रहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gyan kunwar

    March 13, 2022, 6:44 a.m.

    भारत को धेरै धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया